आइतबार ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

नेपालभ्युज

आइतबार ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
फाइल तश्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । कात्तिक ६ गते आइतबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ भने कात्तिक १४ गते बैंकले सो परिमाणको ट्रेजरी बिक्री गर्नेछ ।

९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved