सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

काठमाडौं। शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिन आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको हो ।

यता तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved