पटाका गोदाममा विष्फोट, तीन जनाको मृत्यु

नेपालभ्युज

पटाका गोदाममा विष्फोट, तीन जनाको मृत्यु

नयाँदिल्ली। मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा शुक्रबार बिहान भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन् ।

राज्यको मोरेना जिल्लामा उक्त दुर्घटनामा परेका सात जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए । यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो ।

प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ । यद्यपि, उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved