सोल्टी होटलले आफ्ना सेयरधनीहरूलाई वितरण गर्दैछ २६ प्रतिशत लाभांश

नेपालभ्युज

सोल्टी होटलले आफ्ना सेयरधनीहरूलाई वितरण गर्दैछ २६ प्रतिशत लाभांश

काठमाडौं। सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले यसका लागि आगामी पुस ७ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस २८ गतेको वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि गरिने बुक क्लोज अघिसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउँछन् ।

होटलले आफ्नो चुक्ता पुँजीको २१.३१५ प्रतिशत अर्थात् १७ करोड ९६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । कम्पनीको २४१औं बोर्ड बैठकले गरेको प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved