नवौं राष्ट्रिय खेलकुद : महिला ज्याभ्लिन थ्रोमा पुलिसलाई कीर्तिमानसहित स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : महिला ज्याभ्लिन थ्रोमा पुलिसलाई कीर्तिमानसहित स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबलाई कीर्तिमानसहित स्वर्ण जितेको छ । बुधबार भएको खेलमा चन्द्रकला लामागादेले पुलिसका लागि स्वर्ण जितेकी हुन् ।

उनले ४७.६० मिटरको दूरीसम्म ज्याभ्लिन थ्रो गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि, १३औं सागमा लक्ष्मी थारूले ४५.२७ मिटरको कीर्तिमान बनाएकी थिइन् ।

लक्ष्मीले भने यसपटक ४५.४९ मिटर थ्रो गर्दै रजत पदकमा चित्त बुझाइन् । एपीएफकी सीमा चौधरीले ४५.२० मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved