टीटी महिला एकलमा नन्दले सकिनन् भाउजूलाई हराउन, नविताले जितिन् लगातार चौंथो स्वर्ण

नेपालभ्युज

टीटी महिला एकलमा नन्दले सकिनन् भाउजूलाई हराउन, नविताले जितिन् लगातार चौंथो स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिसको महिला एकलतर्फ नेपाल पुलिसकी नविता श्रेष्ठले स्वर्ण जितेकी छन्।

पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा आफ्नै क्लबकी एलिना महर्जनलाई ४-३ को निर्णायक सेटमा पराजित गरी नविताले स्वर्ण जितेकी हुन्। यी दुई नन्द-भाउजू हुन्। उनीहरू पछिल्लो एक दशकदेखिका चीर परिचित प्रतिद्वन्दी पनि हुन्।

राष्ट्रिय खेलकुदमा नविताले महिला एकलमा लगातार चौथो स्वर्ण जितेकी हुन्। उनी २०६८ को छैटौं राष्ट्रिय खेलकुदयता लगातार च्याम्पियन हुँदै आएकी छिन्।

राष्ट्रिय प्रतयोगितामा अहिलेसम्म नन्द एलिनाले भाउजू नवितालाई हराउन सकेकी छैनन्। प्रतिस्पर्धात्मक फाइनलमा नविताले २-० को सेटमा पछि परेको अवस्थालाई उल्टाएकी हुन्। ८-११, ६-११, १४-११, ८-११, ११-९, ११-६ र १५-१३ को सेटमा नविना विजयी भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved