नवौं राष्ट्रिय खेलकुद : भारोत्तोलनमा नेपाल पुलिसलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : भारोत्तोलनमा नेपाल पुलिसलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा नेपाल प्रहरीले स्वर्ण जितेको छ । मङ्गलबार भएको खेलमा जुनुमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान सुधार्दै प्रहरीका लागि स्वर्ण जितेकी हुन् ।

छन्त्यालले ७१ केजी तौल समूहमा स्न्याच र क्लिन एन्ड जर्क दुवैमा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले ७८ केजी तौल उचाल्दै कीर्तिमान बनाइन् । यसअघि, उनको नाममा ६८ केजीको कीर्तिमान थियो ।

साथै, उनले क्लिन एन्ड जर्कमा पनि ८९ केजी केजी उचाल्दै कुल १३७ केजी उचाल्दै स्वर्णपदक जितिन् । सरिता लामाले स्न्याचमा ५२ तथा क्लिन एन्ड जर्कमा ६५ गरी कुल ११७ केजी उचाल्दै एपीएफका लागि रजत पदक जितिन् ।

नेपाल प्रहरीकी सरस्वती पुरीले स्न्याचमा ५० र क्लिन एन्ड जर्कमा ६५ केजी गरी कुल ११५ केजी बहन गर्दै कांस्य पदक जित्न सफल भइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved