नवौँ राष्ट्रिय खेलकुद : सुमनको विस्फोटक ब्याटिङमा बागमतीलाई कांस्य

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुद : सुमनको विस्फोटक ब्याटिङमा बागमतीलाई कांस्य

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बागमतीले कांस्य पदक जितेको छ । मंगलबार भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै कांस्य जितेको हो ।

८८ रनको लक्ष्य बागमतीले १६ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । उसको लागि सुमन खतिवडाले नटआउट ४१ र अस्मिता खरेलले २० रन बनाइन् । सुमनले २१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाइन् । लुम्बिनीका लागि कृतिका मरासैनीले २ र सुस्मिता भुसालले १ विकेट लिइन् ।

टस जितेर बागमतीले फिल्डिङ रोजेसँगै लुम्बिनी ब्याटिङमा उत्रिएको थियो । लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । उसको लागि सरस्वती जीएमले ३० र सुस्मिताले नटआउट १२ रन बनाइन् । बागमतीका लागि बिपिशा शाहीले ४, खुसी डंगोलले ३ र सोनी पाख्रिनले २ विकेट लिइन् । खुसीले १७.१, १७.२ र १७.५ ओभरमा विकेट लिए ।

महिला क्रिकेटको स्वर्णका लागि नेपाल पुलिस र एपीएफ दिउँसो भिड्दै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved