नवौँ राष्ट्रिय खेलकुद : लङ्जम्पमा आर्मीलाई कीर्तिमानसहित स्वर्ण

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुद : लङ्जम्पमा आर्मीलाई कीर्तिमानसहित स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा महिला लङ्गजम्पमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ । मङ्गलबार भएको खेलमा जयरानी थारुले आर्मीको लागि स्वर्ण जितिन् । यो उनको राष्ट्रिय खेलकुदमा तेस्रो स्वर्ण हो ।

उनले ५.५८ मिटरको जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् । यसअघि निशा चौधरीको नाममा ५.४७ मिटर जम्पको राष्ट्रिय कीर्तिमान थियो । निशाले भने सोही स्पार्धामा ५.४९ मिटर जम्प गर्दै रजt पदक प्राप्त गरिन् ।

निशाको प्रदर्शनमा व्यक्तिगत सुधार भएपनि रजतमा चित्त बुझाउन पर्यो । एपीएफका शिला चौधरीले कांश्य पदक जितिन् । उनले ५.३१ मिटर जम्प गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved