नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मी र एपीएफलाई स्वर्ण

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मी र एपीएफलाई स्वर्ण

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्स ४०० मिटरको दौडमा पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफले स्वर्ण जितेका छन् । मङ्गलबार भएको दौडमा आर्मीका सोमबहादुर कुमालले र एपीएफका रमिताकुमारी थारूले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते ।

सोमले सो दूरी ४७.९५ सेकेन्डमा पूरा गरे । यसअघि, उनले सो दूरी ४८.२० सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । आशिष चौधरीले सो दूरी ४९.४० सेकेन्डमा पूरा गर्दै एपीएफका लागि रजत पदक जिते । आर्मीका लागि प्रकाश दनुवारले कास्य पदक जित्न सफल भए । उनले सो दूरी ४९.९० सेकेन्डमा पूरा गरे ।

रमिताले निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । यो उनको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण हो । यसअघि ५९.५८ सेकेन्डको राष्ट्रिय कीर्तिमान तुलसा खत्रीको नाममा थियो ।

त्रिभुवन आर्मीका लागि निर्मला थापाले सो दूरी १ मिनेट ००.१४ सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरिन् । एपीएफकी कल्पना श्रेष्ठले भने कांस्यपदक प्राप्त गरिन् । उनले सो दूरी १.००.७० मा पार गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved