प्रहरी दिवसको अवसरमा पूर्व एआईजी सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

नेपालभ्युज

प्रहरी दिवसको अवसरमा पूर्व एआईजी सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं। पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहलाई सो अवार्ड प्रदान गरेका हुन् ।

बझाङका बुंगल नगरपालिका घर भएका सिंहले २०६३ मा प्रहरीबाट अवकाश पाएका थिए । २०३३ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका राजेन्द्रबहादुर सिंह १९९१ मा युगोस्लाभियामा युद्ध हुँदा वार क्राइमबारे अनुसन्धान गर्न त्यहाँ खटिएका थिए ।

बेलायतमा प्रहरी अधिकृतको पास आउट समारोहमा गएर आफूले सलामी ग्रहण गरेको सिंहले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved