मुलुकले अथक स्रष्टा गुमाउँदा पीडाबोध भइरहेको छ : राष्ट्रपति

नेपालभ्युज

मुलुकले अथक स्रष्टा गुमाउँदा पीडाबोध भइरहेको छ : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन्।

आज ट्वीट गर्दै भण्डारीले जोशीको निधनले आफूलाई पीडाबोध भएको बताएकी छन्। उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ।’ सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन्।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved