निर्वाचन आयोगले ६ जना नेता र ८ संस्थालाई सोध्यो स्पष्टीकरण

नेपालभ्युज

निर्वाचन आयोगले ६ जना नेता र ८ संस्थालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले ६ नेता र ८ वटा संस्थालाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

उजुरी तथा प्राप्त जानकारीका विषयमा अहिलेसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार लगायतलाई स्पष्टिकरण सोधेको आयोगको बुलेटिनमा उल्लेख छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्ती,  हाम्रो नेपाल पार्टीका अनन्तराज घिमिरे, नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न निर्देशन दिनुका साथै  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई पनि स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved