राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा

नेपालभ्युज

राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा

काठमाडौं। रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ । निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको पेसी न्यायाधीश फुयाँलको इजलासमा तोकिएको हो ।

सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर, आफू व्यक्तिगतरूपमा कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved