उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतविरुद्ध धर्ना

नेपालभ्युज

उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतविरुद्ध धर्ना

काठमाडौं। रुपन्देही क्षेत्र नम्वर २ मा निर्वाचन आयोगले दुई उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि न्याय माग्दै धर्ना शुरु भएको छ। जनताकोे उम्मेदवारलाई न्याय दे भन्दै युवाहरूले धर्ना सुरू गरेका हुन्।

लौरो अभियानका उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङका समर्थकहरूले संयुक्त रूपमा धर्ना सुरू गरेका हुन्।

रुपन्देही- २ कोे निर्वाचन अधिकृतले राजनीतिक प्रभावमा परेर उम्मेदवारी खारेज गरेको भन्दै लौरो अभियानका समर्थक र राजु गुरुङका समर्थकहरु निर्वाचन कार्यालय रहेको गेटमा धर्नामा बसेका छन्।

धर्ना बस्नेहरूले बिभिन्न प्ले कार्ड बोकेका छन्। प्ले कार्डमा निर्वाचन अधिकृत हो की आदेश पालक, निर्वाचन आयोग जनताकोे उम्मेदवार खोइ?, रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ? लगायतका नारा लेखिएका छन्।

उनीहरुले डा. कमल र गुरुङको उम्मेदवारी बदनियतपूर्ण तरिकाले खारेज गरिएकाले उम्मेदवारी कायम गर्न अपिल समेत गरेका छन्। त्यहाँ एमालेका नेता विष्णु पौडेल उम्मदवार छ।

सम्बन्धित समाचार

राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा

राजु गुरुङ उम्मेदवारी खारेजीको विरुद्धमा सर्वोच्च जाँदै

विष्णु पौडेलका प्रतिद्धन्दी राजु गुरुङको उम्मेदवारी खारेज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved