च्याम्पियन्स लिग : रेन्जर्सको पोष्टमा लिभरपुलको ७ गोल, बार्सिलोना संकटमा

नेपालभ्युज

च्याम्पियन्स लिग : रेन्जर्सको पोष्टमा लिभरपुलको ७ गोल, बार्सिलोना संकटमा

काठमाडौं।  च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हराएको छ। लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे ।

खेलको १७ औँ मिनेटमा स्कट अर्फिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर थप गोल गर्न नसकेको रेन्जर्सले ७ गोल खायो । सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक/एक गोल गरे ।

सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने कीर्तिमान बनाएका छन् । यो समूहको अर्को खलमा आयाक्सलाई ४–२ गोलले हराएर नेपोली १२ अंकसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिभरपुल समूह ‘ए’ मा ९ अङ्कसहित दोस्रो स्थानमा छ । आयाक्स ३ अङ्ककासाथ तेस्रो स्थानमा छ। यो समूहबाट लिभरपुल पनि लगभग प्रि क्वार्टरफाइनलमा पुगेको छ ।

यस्तै समूह सी बाट जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एक/एक गोल गरे ।

यो समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । बराबरीको यो नतिजाले बार्सिलोनालाई अर्को चरणमा पुग्न कठिन बनाएको छ । मिलानको ७ तथा बार्सिलोनाको ४ अङ्क छ । बार्सिलोनाले अबका दुई वटै खेल जितेर मात्र पुग्ने छैन मिलानको नतिजामा पनि भर पर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved