विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ। विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो। यसकारण उनी विरुद्धको मुद्दा विचाराधिन रहेकाले उम्मेदवार नबनाउन माग गर्दै उजुरी परेको हो।

नेपालभ्युज

विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

काठमाडौं। सुनसरी–३ मा सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ। उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने निर्वाचन कार्यक्रम अन्तरगत उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारले हिजो सुनसरी–३ मा उम्मेदवारी दर्ता गराएका दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ। विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो।

उनी विरुद्धको मुद्दा विचाराधिन रहेकाले उम्मेदवार नबनाउन माग गर्दै उजुरी परेको हो। अनियमितता, भ्रष्टाचारको आरोप लागेका र अन्तिम अदालतबाट सफाइ नपाएका नेताहरू कथंकदाचित निर्वाचित भएभने पनि सांसद भने हुन पाउने छैनन्।
गच्छदारविरुद्ध नेकपा एमालेकी भगवती चौधरी उम्मेदवार छिन्। यसअघि चौधरी झिनो मतान्तरले पराजित भएकी थिइन्। मतगणनाको क्रममा गच्छदारले सत्ता र शक्तिको दुरुपयोग गर्दै झेल गरेर जितेको एमाले नेतृ चौधरीको आरोप थियो। सो विषयमा सर्वोच्च अदालतमा परेको उजुरीको फैसला अझै भएको छैन। यसपटक गच्छदारलाई चौधरी बलियो चुनौती बनेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved