युक्रेनको राजधानी किभमा श्रृङ्खलाबद्ध विस्फोट, थुप्रै भवनमा आगलागी

नेपालभ्युज

युक्रेनको राजधानी किभमा श्रृङ्खलाबद्ध विस्फोट, थुप्रै भवनमा आगलागी
फाइल तश्वीर

काठमाडौं। युक्रेनको राजधानी किभमा श्रृङ्खलाबद्ध विस्फोट भएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजे विस्फोट भएको थियो ।​ किभमा यस्तो आक्रमण धेरै महिना पछि पुन: भएको हो ।

रुस-क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि किभमा यी श्रृंखलाबद्ध विस्फोट भएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुलमा भएको विस्फोटको लागि युक्रेनलाई दोष दिएका छन् ।

शनिबार भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । सोमबार किभमा भएको मिसाइल आक्रमण यसैको प्रतिक्रिया हो भन्ने विश्वास गरिएको छ । किभमा बीबीसी संवाददाता पल एडम्सले विस्फोट हुनुभन्दा ९० मिनेटअघि हवाई आक्रमणको साइरन बजेको बताए । द्विप्रो र जपोरिज्जियामा राति हमला भएको हो ।

भवन र कार पनि आगोले जले पनि आपतकालीन सेवाले अझै पनि स्पष्ट तथ्याङ्क दिएका छैनन् । विस्फोटमा परी  मध्य किभमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved