टिकट नपाएका स्वर्णिम वाग्ले भन्छन् : ‘कांग्रेसकै घोषणापत्र लेख्छु, राम्रा उम्मेदवारको प्रचारमा हिँड्छु’

 सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हजारौं शुभचिन्तकहरुले देखाउनुभएको स्नेहप्रति आभारी छु। अब घोषणापत्रको काम सक्छु, अनि नेपालमा ‘असल शासन र समुन्नति’ को मुद्दा बोक्ने निष्ठावान उम्मेदवारहरूको पक्षमा चुनाव प्रचार गर्न देश दौडाहा गर्नेछु।”

नेपालभ्युज

टिकट नपाएका स्वर्णिम वाग्ले भन्छन् : ‘कांग्रेसकै घोषणापत्र लेख्छु, राम्रा उम्मेदवारको प्रचारमा हिँड्छु’

काठमाडौं । आउँदो मंसिर ४ गते हुने चुनावको लागि आइतरबार मनोनयन दर्ता सम्पन्न भएको छ । टिकट पाउने उम्मेदवारले प्रचार-प्रसार सुरु गरिसकेका छन् । टिकट नपाउने केही उम्मेदवारले भने पार्टी छाड्ने, बागी उम्मेदवारी दिने तथा अर्को दलसँग मिल्नेसम्मका हर्कत गरिरहेका छन् ।

तर, नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारी गर्दा पनि टिकट नपाएका अर्थशास्त्री स्वर्णिम वाग्ले भने टिकट नपाउने अरु भन्दा फरक देखिएका छन् । पार्टीले टिकट नदिए पनि उनले घोषणापत्र लेख्ने र राम्रा उम्मेदवारको प्रचारमा हिँड्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “हजारौं शुभचिन्तकहरूले देखाउनुभएको स्नेहप्रति आभारी छु। अब घोषणापत्रको काम सक्छु, अनि नेपालमा ‘असल शासन र समुन्नति’ को मुद्दा बोक्ने निष्ठावान् उम्मेदवारहरूको पक्षमा चुनाव प्रचार गर्न देश दौडाहा गर्नेछु।”

वाग्ले टिकटको लागि दौडधुपमा थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले पनि वाग्लेलाई उम्मेदवार बनाउन पहल गरेका थिए । तर, सभापति शेरबहादुर देउवाले टिकट दिएनन् । सुरुमा चितवन-१ बाट वाग्ले चुनाव लड्ने हल्ला थियो तर अर्का अर्थशास्त्री तथा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बाजी मारे ।

टिकट नपाएका स्वर्णीम वाग्लेले चुनावको समयमा घोषणापत्र लेख्ने, राम्रा उम्मेदवारको प्रचारमा सहभागि हुने र आफूले नेतृत्व गरेको आईआईडिउस संस्थाको थप उन्नतिको लागि काम गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved