लिभरपुलमाथि आर्सनलको रोमाञ्चक जित, पुन: शीर्ष स्थानमा उक्लियो

नेपालभ्युज

लिभरपुलमाथि आर्सनलको रोमाञ्चक जित, पुन: शीर्ष स्थानमा उक्लियो

काठमाडौं. इङ्लिस  प्रिमियर लिगमा आर्सनलले लिभरपुलमाथि रोमाञ्चक  जित निकालेको छ । एमिरेट्स स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलअन्तरले पराजित गरेको हो । जितसँगै २४  अंकसहित आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

आर्सनलको लागि गेब्रियल मार्टिनेलले २ र बुकायो साकाले १ गोल गरे । लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फर्मिनोले गोल फर्काए ।

खेलको पहिलो मिनेटमा नै मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ३४ औँ मिनेटमा लिभरपुलका नुनेजले गोल फर्काएर खेललाई बराबरीमा पुर्याए । पहिलो इन्जुरी समयमा साकाले आर्सनललाई पुन अग्रता दिलाए ।

लिभरपुलका रोबर्टो फर्मिनोले ५३ औँ मिनेटमा खेललाई बराबरीमा पुर्या‍ए । खेलका ७६ औँ मिनेटमा आर्सनलले पाएको पेनाल्टिमा साकाले तेस्रो गोल गरेपछि थप गोल भएन र आर्सनल विजयी भयो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved