इङ्लिश प्रिमियर लिगमा ४ खेल

नेपालभ्युज

इङ्लिश प्रिमियर लिगमा ४ खेल

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा आज आइतबार ४ खेल हुँदैछन् । सेल्हससर्ट पार्कमा हुने खेलमा क्रिकस्टल प्यालेस र लिड्स यूनाइटेड भिड्दै छन् । क्रिस्टल दोस्रो जितको खोजीमा छ भने लिड्स तेस्रो जित निकाल्न चाहन्छ ।

लन्डन स्टेडियममा हुने खेलमा वेस्ट ह्याम युनाइटेड र फुलहम आमने सामने हुँदैछन् । वेस्टह्याम तेस्रो जितको खोजीमा छ भने फुलहम चौथो जित निकाल्न चाहन्छ । यी दुवै खेल नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछन् ।

एमिरेट्स स्टेडियममा हुने अर्को खेलमा आर्सनल र लिभरपुल प्रतिस्पर्धा गर्नेछन् । आर्सनल ८ औँ जितको खोजीमा छ भने लिभरपुल तेस्रो जित निकाल्न चाहन्छ । दुई टोलीबीचको खेल राति सवा ९ बजे सुरु हुनेछ ।

एभर्टनको गृह मैदानमा हुने खेलमा घरेलु टोली र म्यान्चेस्टर युनाइटेड भिड्दै छन् । म्यान्चेष्टर यूनाईटेड ५औँ जितको खोजीमा छ भने एर्भटन तेस्रो जित निकाल्ने योजनामा रहेको छ । दुई टोलीबीचको खेल पौने १२ बजे सुरु हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved