इङ्लिश प्रिमियर लिगमा ५ खेल हुँदै

नेपालभ्युज

इङ्लिश प्रिमियर लिगमा ५ खेल हुँदै


काठमाडौं। इङ्लिश प्रिमियर लिगमा आज शनिबार ५ खेल हुँदैछन्। भाइटालिटी स्टेडियममा हुने खेलमा एएफसी बोर्नेमाउथ र लेस्टर सिटी भिड्दै छन्। बोर्नेमाउथ तेस्रो जितको खोजीमा रहेको छ भने लेस्टर दोस्रो जित निकाल्न चाहन्छ।

स्ट्यामफोर्ड ब्रिजमा हुने खेलमा चेल्सी र वोल्भरह्याम्प्टन आमने सामने हुनेछन्। चेल्सी गृह मैदानमा पाँचौँ जित निकाल्न चाहन्छ भने वोल्भरह्याम्प्टन दोस्रो जितको खोजीमा छ।

इतिहाद स्टेडियममा म्यान्चेष्टर सिटी र साउथह्याम्प्टन प्रतिस्पर्धा गर्दैछन्। सिटी सातौँ जितको खोजीमा छ भने साउथह्याम्पटन तेस्रो जित निकाल्न चाहन्छ।

सेन्ट जेम्स् पार्कमा न्यू कासल यूनाइटेडब्रेन्टफोर्ड भिड्दै छन्। दुुवै टोली तेस्रो जित निकाल्न चाहन्छन्। यी सबै खेलहरू नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछन्।

ब्राइटन एण्ड होभ एल्बियनको गृह मैदानमा घरेलु टोली र टोटेनहम हटस्पर प्रतिस्पर्धा गर्दैछन्। टोटेनहम छैटौँ जितको खोजीमा छ भने ब्राइटन पाँचौँ जित निकाल्न चाहन्छ। ब्राइटन र टोटेनहमबीचको प्रतिस्पर्धा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved