कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा कैलाली-५ मा स्वतन्त्र उठ्ने

नेपालभ्युज

कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा कैलाली-५ मा स्वतन्त्र उठ्ने

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणाले छोडेको कैलाली-५ बाट प्रतिनिधि सभामा पुष्करनाथ ओझाले उम्मेदवारी दिने भएका छन्।

यसअघि कांग्रेसबाट उक्त क्षेत्र जितिसकेका ओझाले ०७४ मा पार्टीका उम्मेदवारलाई असहयोग गरेपछि कारबाहीमा परेका थिए। यसपल्ट उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन्।

शुक्रबार धनगढीको एक होटलमा निकटहरूसँग छलफल गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्। ०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेस आरजु चुनाव लडेकी थिइन्।

उनी तत्कालीन वाम गठबन्धनका नारदमुनि रानासँग पराजित भएकी थिइन्। यसपल्ट राणालाई नै सर्वसम्मत सिफारिस गरिए पनि उनी समानुपातिकमा गएकी भएकी छिन्।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि रुष्ट बनेका थिए।

कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका ओझालाई स्थानीय तहको निर्वाचनमा फर्काउने तयारी गरिए पनि उनले स्वतन्त्र उम्मेदवार धनगढी उपमहानगरपालिकामा गोपी हमाललाई सघाएका थिए।

ओझाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दैछन्। उनी प्रदेश सभामा पनि स्वतन्त्र उम्मेदवार खडा गर्ने तयारीमा रहेको बुझिएको छ।

कैलाली क्षेत्र-५ बाट नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा डिल्लीराज पन्त र प्रदेश ख मा देउवाका भतिज तथा आरजुका स्वकीय सचिव प्रकाश देउवालाई उम्मेदवार बनाउने तयारी थालेको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved