काठमाडौं। बडादशैंको विशेष दिन आज मान्यजनबाट टिका र जमरा लगाइएको छ। नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिएको छ।

देवी विसर्जनपछि दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न गरिएको हो। विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवी विसर्जनका लागि बिहान १० बजेर ३४ मिनेटको साइत शुभ रहेको र बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको छ। सोही साइतमा सबैले टिका र जमरा लगाएका छन्। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टिका ग्रहण गर्न सक्नेछन्।










Facebook Comment
Comment