इन्डोनेसियामा फुटबल खेलमा हिंसा भड्किँदा १ सय २७ जनाको ज्यान गयो

इन्डोनेसियामा एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको छ । दर्जनौँ व्यक्ति घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

नेपालभ्युज

इन्डोनेसियामा फुटबल खेलमा हिंसा भड्किँदा १ सय २७ जनाको ज्यान गयो

जकार्ता। इन्डोनेसियामा एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २७ जनाको ज्यान गएको छ। दर्जनौँ व्यक्ति घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ।

शनिबार राति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित कान्जुरुहान स्टेडियममा इन्डोनेसियाको बीआरआई लिग १ को फुटबल खेलको क्रममा उक्त घटना भएको हो।

पूर्वी इन्डोनेसियाको जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले अरेमा एफसी र पर्सेबाया सुराबायाबीचको खेलपछि हारेको पक्षका समर्थकहरूले मैदानमै पसेर आक्रमण गरेको बताएका छन् । हिँसा भड्किएपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो।

मैदानमै भएको हिँसामा कम्तिमा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना घाइते भएका लिगले एक साताका लागि खेलहरू स्थगित गरेको छ। इन्डोनेसियाको फुटबल संघ ले राति एक विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न टोली मलङ प्रस्थान गरेको जनाएको छ।

समर्थकहरूले गरेको कार्यप्रति फुटबल संघले खेद व्यक्त गर्दै पीडित परिवार र सबै पक्षहरूसँग क्षमा मागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved