पाँचौँ टी-२० मा पाकिस्तानले इंग्ल्याण्डलाई हरायो

नेपालभ्युज

पाँचौँ टी-२० मा पाकिस्तानले इंग्ल्याण्डलाई हरायो

काठमाडौं। पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई हराएको छ । लाहोरमा गएराती भएको खेलमा पाकिस्तानले पाहुना टोली इंल्याण्डलाई ६ रनले हरायो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले नटआउट ५१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा पाकिस्तानले ३–२ को अग्रता बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved