युक्रेनमा आवश्यक सहयोग जुटाउन राष्ट्रपति जिलेन्स्किीको भेटघाट

नेपालभ्युज

युक्रेनमा आवश्यक सहयोग जुटाउन राष्ट्रपति जिलेन्स्किीको भेटघाट

युक्रेन। युक्रेनमा आवश्यक सहयोग जुटाउन राष्ट्रपति जिलेन्स्किीको भेटघाट चलिरहेको छ ।  यसका लागि  युक्रेनी राष्ट्रपति भोलोदोमिर जिलेन्स्किीले विभिन्न देशका राष्ट्रपतिसँग भेटघाट गरिरहेका छन् । उनले हालसालै फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए ।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ । हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियार समेत उपलब्ध गराइरहेका छन् ।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि उनले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गरे । सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गरेकाे युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved