लामखुट्टे भगाउन अर्ती दिने स्वास्थ्य मन्त्रालयको आगनमै भ्वाङ्

अरुलाई अर्तीदिने मन्त्रालयले आफ्नै आँगनमा भने जताततै खाड्ल थुपारेर बसेको छ । स्वास्थ्य मन्त्रालय परिसरमै पानी जम्ने दर्जनौं खाल्डा छन् । मन्त्रीदेखि उच्चतहका कर्मचारी बस्ने मन्त्रालय परिसरमै यस्ता खाल्डाखुल्डी छन् ।

लामखुट्टे भगाउन अर्ती दिने स्वास्थ्य मन्त्रालयको आगनमै भ्वाङ्

काठमाडौं : नेपालमा डेंगु संक्रमण तिव्र गतिमा फैलिएको छ । साउनयता मात्रै डेंगु संक्रमणबाट २५ जनाको मुत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । करिब २० हजारमा संक्रमण भइसकेको छ ।

डेंगु संक्रमण नियन्त्रण गर्न लामखुट्टेको वृद्धि रोक्नुपर्ने विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयले पनि लामखुट्टेको वृद्धि विकास रोक्न लार्भा खोज र नष्ट अभियान चलाइरहेको छ ।

मन्त्रालयले टेलिभिजन, रेडियाे, पत्रपत्रिका, टेलिफोनको व्याकटोन लगायत सामाजिक सञ्जाल मार्फत लामखुट्टे भगाउने उपायबारे जानकारी गराइरहेको छ ।

तर अरुलाई अर्तीदिने मन्त्रालयले आफ्नै आँगनमा भने जताततै खाड्ल थुपारेर बसेको छ । स्वास्थ्य मन्त्रालय परिसरमै पानी जम्ने दर्जनौं खाल्डा छन् । मन्त्रीदेखि उच्चतहका कर्मचारी बस्ने मन्त्रालय परिसरमै यस्ता खाल्डाखुल्डी छन् भने अन्यत्रको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।

हेर्नुहोस मन्त्रालय परिषरका केही तस्वीर :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved