भारतमा काेराेनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख २८ हजार भन्दा बढी

भारतमा एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ।

नेपालभ्युज

भारतमा काेराेनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख २८ हजार भन्दा बढी

एजेन्सी। भारतमा एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै कोभिड–१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ।

कुल संक्रमितको शून्य दशमलव ११ प्रतिशत सक्रिय संक्रमित छन्। त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलव ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दैनिक सङ्क्रमण दर २ दशमलव ७६ प्रतिशत छ। साप्ताहिक सङ्क्रमण दर १ दशमलव ७८ प्रतिशत छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved