आर्सनलको सातौँ जित 

नेपालभ्युज

 आर्सनलको सातौँ जित 

काठमाडौं ।  इङ्लिश प्रिमियर लिगमा आर्सनलले सातौँ जित निकालेको छ । ब्रेन्टफोडको गृह मैदानमा आइतबार भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलका लागि विलियम सालिबा, गेब्रिलय जिसस र फाबियो भियेराले गोल गरे । खेलको १७ औँ मिनेटमा सालिबाको गोलले आर्सनलले अग्रता लियो । खेलको २८ औँ मिनेटमा जिससले दोस्रो गोल गरे । भियेराले ४९ औँ मिनेटमा तेस्रो गोल गरे ।

अर्को खेलमा एभर्टन र वेस्ट ह्याम यूनाईटेड राति ७ बजे आमने सामने हुनेछन् । एभर्टन पहिलो जितको खोजीमा छ भने वेस्ट ह्याम दोस्रो जित निकाल्न चाहन्छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved