महानगरको टोली प्रेसिडेन्टल बिजनेस स्कुल पुगेपछि

नेपालभ्युज

महानगरको टोली प्रेसिडेन्टल बिजनेस स्कुल पुगेपछि

काठमाडौं। काठमाडौं महानगरको टोलीले भक्ति थापा सडक थापागाउँमा रहेको प्रेसिडेन्टल बिजनेस स्कुलको निरीक्षण गरेको छ । विद्यालयले पार्किङस्थलमा लाइब्रेरी र ल्याब सञ्चालन गरेको गुनासो आएपछि महानगरका प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले विद्यालयको संरचना निरीक्षण गरेको हो ।

सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अन्डरग्राउन्ड पार्किङमा लाइब्रेरी सञ्चालन हुँदा असहज भएको गुनासो गरेपछि निरिक्षण गर्न पुगेको प्रहरी प्रमुख पाण्डेले बताए ।

उनले भने ‘ अन्डर ग्राउन्डमा लाइवेरी हुदाँ असहज भयो झ्याल ढोका केही नहुँदा श्वास फेर्नपनि गाह्रो भयो भन्ने खबर हामीले पायौँ , सोही सूचनाका आधारमा हामी त्यहाँ पुगेका हौँ, तर आज घरधनी विरामी भएकाले गर्दा नक्सा पासको कागजात हेर्न पाएनौ अब पर्सि फेरि जान्छौँ ।’

निरीक्षणका क्रममा पनि गुनासोअनुसार नै संरचना पाएकाले नक्सा पासको कागजात हेरेपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए । उनले जुन संरचना जेका लागि बनेको हो सोहीअनुसार प्रयोग गर्न आग्रह गरे ।

पछिल्ला दिनमा काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउने अभियान सञ्चालन गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved