पहिलो हाफमा आर्सनलको अग्रता

नेपालभ्युज

पहिलो हाफमा आर्सनलको अग्रता

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा अहिले ब्रेन्टफोर्ड र आर्सनलबीच प्रतिस्पर्धा भइरहेको छ । ब्रेन्टफोडको गृह मैदानमा जारी खेलको पहिलो हाफमा आर्सनलले अग्रता लिएको हो । उसका लागि विलियम सालिबा र गेब्रियल जिससले गोल गरे ।

खेलको १७औँ मिनेटमा सालिबाको गोलले आर्सनलले अग्रता लियो । खेलको २८ औँ मिनेटमा जिससले दोस्रो गोल गरे ।

आर्सनल सातौँ जितको खोजीमा रहेको छ । ब्रेन्टफोर्ड तेस्रो जित निकाल्न चाहन्छ । १८ अंक जोडेको आर्सनल अंक तालिकाको शीर्ष स्थानमा छ । ९ अंक जोडेको ब्रेन्टफोर्ड ९ औँ स्थानमा छ ।

अर्को खेलमा एभर्टन र वेस्ट ह्याम युनाइटेड राति ७ बजे आमने-सामने हुनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved