चोलेन्द्र सर्वोच्च आएमा छिर्न नदिने नेपाल बारको निर्णय

नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ। आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

नेपालभ्युज

चोलेन्द्र सर्वोच्च आएमा छिर्न नदिने नेपाल बारको निर्णय

काठमाडौं। नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ। आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिस्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएपछि बारले यस्तो निर्णय गरेको हो।

बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैँ हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौँ, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिँदैन।’’

प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved