संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य

नेपालभ्युज

संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गराए ।

नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved