ओलीले गरे सांसदहरूलाई बिदाइ

नेपालभ्युज

ओलीले गरे सांसदहरूलाई बिदाइ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चामत्कारिक परिणाम आउनेगरी खटिन निर्देशनसमेत दिए ।

‘मंसिर ४ मा हुने निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्ने बताउँदै ओलीले भने, ‘त्यसका लागि तपाईं हामी सबैले आ-आफ्नो ठाउँबाट सम्पूर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पूरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।’

उनले पार्टी स्पिरिटमा सबै चल्न सक्नुपर्ने पनि बताए । ‘हामीबाट कुनै प्रकारको असन्तुष्टि देखिएर अरुले सम्झाउनेगरी होइन,उच्चस्तरको सांस्कृतिक उचाईं राखेर अघि बढ्नुपर्छ’, ओलीको भनाइ उदृत गर्दै नेता खिमलाल भट्टराईले भने, ‘हामी आन्दोलन छोडुवा र पार्टी फोडुवा होइनौं ।’ अध्यक्ष ओलीले सानदार रूपमा आफ्नो कार्यकाल पूरा भएको पनि बताएका छन् ।

‘हामीले सानदाररूपमा आफ्नो कार्यकाल पूरा गरेका छौं । सबै माननीयहरूलाई हार्दिक बधाई, दशैंलगायत सबै चाडपर्वको शुभकामना’, ओलीले सांसदहरूलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘भोलिदेखि कुनै पनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो । भोलिबाट हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved