टेनिसका महान् खेलाडी रोजर फेडेररले लिए सन्यास

नेपालभ्युज

टेनिसका महान् खेलाडी रोजर फेडेररले लिए सन्यास

काठमाडौं । निरन्तर घुँडाको चोटबाट गुज्रिएका रोजर फेडेररले बिहीबार ४१ वर्षको उमेरमा व्यावसायिक टेनिसबाट सन्यास लिएका छन् । २० ग्रान्डस्लाम उपाधि जितेका फेडेरर निरन्तर पाँच सिजन नम्बर एक स्थानमा रहन सफल भएका थिए । फेडेररसँगै उनका प्रतिद्वन्द्वीहरू राफेल नाडाल र जोकोभिचले पुरुष टेनिसको स्वर्णिम युग सिर्जना गरेका थिए ।

फेडेररले बिहीबार सामाजिक सञ्जालमार्फत ‘तितो मीठो निर्णय’ गरेको बताएका छन् ।

आफ्नो समयमा एउटा इतिहास बनाउन सफल दुई महान् खेलाडीले लगभग एक साथ सन्यासको घोषणाले एक युगको अन्त्य भएको सन्देश दिएको छ । “तपाईंहरूमध्ये धेरैलाई थाहा छ । विगत तीन वर्ष मैले चोट र शल्यक्रियाको रूपमा थुप्रै चुनौतीको सामना गर्नु परेको छ । मैले पूर्ण प्रतिस्पर्धात्मक लयमा फर्कन कडा मेहनत गरेको थिए,” फेडेररले सामाजिक सञ्जालमा लेखेका छन्, “तर मलाई मेरो शरीरको क्षमता र सीमाहरू पनि थाहा छ । र, यसको सन्देश स्पष्ट भएको छ ।”

फेडेररले जुलाईमा सम्पन्न २०२१ को विम्बल्डनपछि प्रतिस्पर्धा गरेका छैनन् । र, त्यस अर्थमा, उनको यो घोषणा धेरै आश्चर्यजनक छैन ।

तर, उनी गत जुलाईमा अल इङ्गल्यान्ड क्लबमा सेन्टर कोर्टको १००औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देखा परेका थिए । उनले त्यहाँ ‘अझै एक पटक’ खेल्न आउने आशा व्यक्त गरे । फेडेररले अक्टोबरमा स्विस इन्डोर्समा हुने प्रतियोगितामा पुनरागमन गर्ने पनि बताएका थिए । तर, बिहीबार गरेको घोषणामा फेडेररले आफ्नो बिदाइ कार्यक्रम अर्को हप्ता लन्डनमा हुने लेभर कप हुने बताएका छन् ।

फेडेररले २००३ को विम्बल्डनमा पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए । उनले करियरमा २० ग्राण्डलामसहित १०३ उपाधि जित्न सलफ भए । फेडेररले २० ग्राण्डस्लाममध्ये विम्बल्डनमा ८ अस्ट्रेलियन ओपनमा ६, यूएस ओपनमा ५ र फ्रेन्च ओपनमा एक उपाधि जितेका थिए । नाडालले २२ र जोकोभिचले २१ ग्राण्डस्लाम उपाधि जितेका छन् ।

फेडेररको सशक्त सर्भिस, फोरह्यान्ड, फुटवर्क र आक्रमण गर्ने शैली सबै अब सम्झनामा रहनेछन् । उनका युवा प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल र ३५ वर्षीय जोकोभिचसँगको खेलहरू पनि अविस्मरणीय हुनेछन् । दुवैले फेडेररको कुल ग्राण्डस्लाम उपाधि संख्यालाई पछि पारेका छन् । र, अझै ठूला प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

फेडेररको अन्तिम खेल ७ जुन २०२१ मा भएको थियो । सेन्टर कोर्टमा सम्पन्न विम्बल्डनको क्वार्टरफाइनलमा फेडेरर हुबर्ट हुर्काजसँग ६-३, ७-६ (४), ६-० ले हारेका थिए । त्यसको लगत्तै फेडेररको दाहिने घुँडाको मेनिस्कस र कार्टिलेजमा भएको चोटका कारण शल्यक्रिया गर्नुपर्‍याे । जुन साढे एक वर्षको अवधिमा उनको घुँडाको तेस्रो शल्यक्रिया थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved