साफ यू–१७ फुटबलमा नेपाल भारतको तगारो तोड्न असफल

नेपालभ्युज

साफ यू–१७ फुटबलमा नेपाल भारतको तगारो तोड्न असफल

काठमाडौं । भारतले नेपाललाई हराउँदैं साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले चौथो पटक उपाधि जितेको हो ।

१८ औं मिनेटमा बोबी सिंहको गोल मार्फत अग्रता लिएको भारतले ३० औं मिनेटमा कोरोउ सिंहको गोलबाट अग्रता दोब्बर बनाएको थियो ।

३८औं मिनेटमा नेपालका कप्तान प्रसान्त लक्षम रातो कार्ड पाएर बाहिरिएपछि नेपाल दस खेलाडीमा सिमित भएको थियो ।

६२औं मिनेटमा भारतका थाङलाल सोउनले गोल गर्दै ३–० को अग्रता दिलाए । इन्जुरी समयमा अमनले गोल गरेपछि भारत ४–० ले विजयी भयो । नेपालले अहिलेसम्म चार पटक नै भारतसँग फाइनलमा हार व्यहोरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved