लगातार पाँचौँ खेलमा पनि बार्यन म्युनिखसँग बार्सिलोना निरीह

नेपालभ्युज

लगातार पाँचौँ खेलमा पनि बार्यन म्युनिखसँग बार्सिलोना निरीह

काठमाडौं। स्पेनिस क्लब बार्सिलोना लगातार पाँचौँ खेलमा पनि जर्मन क्लब बार्यन म्युनिखसँग निरीह बनेको छ । च्याम्पियनस लिग फुटबलमा बुधबार विहान भएको खेलमा बार्सिलोना बार्यन म्युनिखसँग २-० गोलले पराजित भयो । उसका लागि हर्नान्डेज र सानेले गोल गरे । सन् २०१५ यता बार्यनसँग भएका पाँच वटा खेलमा बार्सिलोना सबैमा पराजित भएको छ ।

जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो ।

अर्को खेलमा लिभरपुलले आजक्सलाई २–१ गोलले हराएको छ । त्यस्तै स्पोर्टिङसँग टोटनह्याम २–० गोलले पराजित भएको छ । पोर्टोलाई क्लब बुर्जले ४–० गोलको फराकिलो अन्तरले हराएको छ । मार्सेल्लीलाई इन्ट्राच फ्रान्कफर्टले १–० गोल तथा लिभरकुसेनले एट्लेटिको मड्रिडलाई २–० गोलले हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved