महिला साफ च्याम्पियनसिप:  आज नेपाल र श्रीलंका खेल्दै

सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । यसअघि भुटानले श्रीलंकालाई ५- गोलले हराएको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ । 

नेपालभ्युज

महिला साफ च्याम्पियनसिप:  आज नेपाल र श्रीलंका खेल्दै
फाइल तश्वीर

काठमाडौं। महिला साफ च्याम्पियनसिपमा आज सोमबार नेपाल र श्रीलंका खेल्दैछन् । खेल बेलुका साढे ५ बजे दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ । श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो ।

सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । यसअघि भुटानले श्रीलंकालाई ५- गोलले हराएको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ ।

नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ । समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved