पश्चिमी इन्डोनेसियामा पनि भूकम्प

नेपालभ्युज

पश्चिमी इन्डोनेसियामा पनि भूकम्प

काठमाडौं। इन्डोनेसियाको जाभा प्रान्तमा  ५.६ म्याग्‍निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ ।

जाकार्ता समयानुसार आइतबार ११ : १६ बजे सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रबिन्दु प्यासिटान जिल्लाको ३ सय १६ किलोमिटर दक्षिण पश्चिममा दश किलोमिटर समुद्रको गहिराइमा रहेको सो एजेन्सीले जनाएको छ ।

भूकम्पपछि सम्भावित सुनामी कुनै चेतावनी भने दिइएको छैन । हालसम्म यस भूकम्पबाट भएको धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved