जनकपुरधाम । दोश्रो चरणको रेल संचालनको लागि जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर रेलको परीक्षण गरिएको छ । दोस्रो चरणमा बिहीबार कुर्थादेखि बिजलपुरासम्म रेलको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका इन्जीनियर रविन्द्र साहले जानकारी दिए ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सञ्चालनमा आइसकेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर खण्डमा २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
साहले १७ किलोमिटर रेल्वे खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गरिएको बताए । प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा रेल गुडाएर परीक्षण गरिएको थियो ।
यस खण्डमा रेल गुडाउन सफल भएपछि बिजलपुरा–बर्दिबासको खण्डमा १७ किलोमिटरमा पनि छिट्टै रेल गुडाउने तयारी रहेको उनले बताए ।
Facebook Comment
Comment