राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा थपिए ३ जना

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा थपिए ३ जना

 

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीमा थप ३ जना केन्द्रीय सदस्यहरु मनोनित भएका छन्  । पार्टीको केन्द्रीय समितिको बिहीबार बसेको बैठकले डा अरनीको कुमार पाँँडे, सुमना श्रेठ र  गणेश कार्कीलाई केन्द्रीय समितिमा मनोनित गरेको हो ।

प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालका अनुसार बैठकले आसन्न निर्वाचनमा पार्टीको तर्फबाट विभिन्न दल तथा उम्मेद्वार बन्न योग्य व्यक्तीसँग संवाद, चुनावी तालमेल र कार्यगत एकता गर्न उच्चस्तरीय अधिकार सम्पन्न वार्ता समिति पनि गठन गरेको छ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित उक्त समितिमा  डा अरनीको कुमार पाँँडे, सुमना श्रेठ, गणेश कार्की र गणेश पराजुली सदस्य  रहेका छन् ।

बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved