पशुपति क्षेत्रका अव्यवस्थित संरचना शनिबारदेखि हटाइने

पशुपति क्षेत्रका अव्यवस्थित संरचना शनिबारदेखि हटाइने

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै बिहीबार  देखि अव्यवस्थित संरचना हटाउन थालेको हो ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे। पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैं स्थलगतरुपमा उत्रिनु परेको उनको भनाइ थियो । महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको सङ्गतले सुनाए ।

पाशुपत क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे भोलिदेखि महानगरले सामान उठाएर लानेसमेत सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीले चाडबाडका बीचमा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडाको सूचनालाई आत्मसात् गर्दै संरचना तथा पसल तत्काल हटाउने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved