आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक श्री आकाश विक्रम थापाले हस्ताक्षर गरे।

नेपालभ्युज

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा सम्झौता

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक श्री आकाश विक्रम थापाले हस्ताक्षर गरे।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट ब्रान्डका सवारी साधनहरूको बीमा गरेका ग्राहकमहानुभावहरूले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ।

साइमेक्स इंकबाट बिक्री वितरण हुने ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात् कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दाबी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ।

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भई मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार बापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यले यो सम्झौता गरिएको छ।

आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर, ह्वाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ ।

सवारी साधने सर्भिस सेण्टरमा पुर्‍याए पश्चात् दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ। मर्मत संभार पश्चात् बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सवारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितिको जानकारी साइमेक्स इंकबाट भइरहनेछ ।

यसरी सहज र सरल रूपमा सवारी धनीहरूले नगद रहित दाबी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बीमा गर्दा र दाबी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved