च्याम्पियन्स लिग : लिभरपुलको लज्जास्पद हार, बार्सिलोनाले भिक्टोरियालाई ५ गोल हान्यो

नेपालभ्युज

च्याम्पियन्स लिग : लिभरपुलको लज्जास्पद हार, बार्सिलोनाले भिक्टोरियालाई ५ गोल हान्यो

काठमाडौं। यूईएफए च्याम्पियनसिप लिग फुटबलमा गएराति पनि आठ वटा खेल भएका छन् । रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ ।

बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए ।

अर्को खेलमा लिभरपुलले इटालियन क्लब नापोलीसँग लज्जास्पद हार ब्यहोरेको छ । नापोलीले लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।  नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए ।

यस्तै, जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई २–० को पराजित गरेको छ । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

यस्तै,  टोटेनहमले फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हरायो । टोटनहमका लागि रिचर्डलिसनको दुई गोल गरे । बराबरीतर्फ उन्मुख खेलमा टोटेनहमका लागि रिचर्डलिसनले अन्तिम समयमा दुई गोल गरेका थिए ।

यस्तै, खेलको इन्ज्युरी समयमा तीन गोल निस्कदा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले १० खेलाडीमा समेटिएको पोर्चुगिज क्लब एफसी पोर्टोलाई  २–१ ले पराजित गरेको हो । एट्लेटिकोको जितमा मारियो हर्मोसो र एन्टोइन ग्रिजमनले गोल गरे । पोर्टोका मेटेअस युरिवेले एक गोल फर्काए । तीन वटै गोल ९० मिनेट पछिको इन्जुरी समयमा भएका हुन् ।

अरु खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गरेको छ । यस्तै  अजाक्सले रेञ्जरलाई ४-० गोलले हरायो भने स्पोर्टिक लिस्वनले फ्रान्कफुर्टलाई ३-० ले हरायो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved