साफ च्याम्पियनसिपः पहिलो हाफमा बङ्गलादेशको अग्रता

साफ च्याम्पियनसिपः पहिलो हाफमा बङ्गलादेशको अग्रता

काठमाडौं ।  साफ महिला फुटबल प्रतियोगितामा अहिले बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले माल्दिभ्समाथि ३–० गोलअन्तरले अग्रता लिएको हो ।

बङ्गलादेशको लागि सबिना खातुनले २ र मसुरा पर्भिनले १ गोल गरे । खेलको ३२ औँ मिनेटमा सबिनाले गोल गर्दै बंगलादेलाई अग्रता दिलाईन् । खेलको ३४ मिनेटमा मसुरा पर्भिनले बङ्गलादेशको लागि दोस्रो गोल गरिन् । सबिनाले खेलको ४० औँ मिनेटमा बंगलादेशको लागि तेस्रो गोल गरिन् ।

दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्न संघर्ष गरिरहेका छन् । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् ।  प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved