नेपाल राष्ट्र बैंकले बैंकहरूमा पठाउन थाल्यो नयाँ नोट

नेपालभ्युज

 नेपाल राष्ट्र बैंकले बैंकहरूमा पठाउन थाल्यो नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो  भदौ २१ गतेदेखि वाणिज्य बैंकहरूमा नयाँ नोट पठाउन थालेको छ । राष्ट्र बैंकअन्तर्गत मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालका अनुसार वाणिज्य बैंकहरूमा ६० बाकस (ड्रक्सा)का दरले नयाँ नोट पठाउन थालिएको छ । एक ड्रक्सामा ५० बन्डल नोट हुने दाहालले बताए ।

भीडभाड हुने बैंकका शाखाहरूले नयाँ नोट माग गरेकाले नयाँ नोट दिन थालिएको उनको भनाइ छ । २६ गतेपछि भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई तालिकाअनुसार नयाँ नोट उपलब्ध गराइने दाहालले बताए ।

यो वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट वाणिज्य बैंकहरूलाई १२–१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका दरले १० ड्रक्सा नोट दिने तयारी गरिएको छ ।

राष्ट्र बैंकमा अहिले पनि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । तर, दसैँ नजिकिँदै जाँदा राष्ट्र बैंकका भीड हुने गरेको छ । बैंकहरूले पनि भदौ मसान्तदेखि नै सर्वसाधारणलाई नोट साट्न पाउने व्यवस्थाको तयारी गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले निश्चित शाखा कार्यालयहरूबाट नयाँ नोट सटही गर्ने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved