महिला साफमा भारत र पाकिस्तान 

नेपालभ्युज

महिला साफमा भारत र पाकिस्तान 

काठमाडौं। महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज २ खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबारको पहिलो खेलमा साविक विजेता भारत र पाकिस्तान आमने-सामने हुँदैछन् ।

भारत र पाकिस्तान दिउँसो १ बजे आमने-सामने हुँदैउछन् । क्रिकेटमा चीरप्रतिद्वन्दी भनेर चिनिने दुई प्रतिस्पर्धी आजको खेल जितेर सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।

अर्को खेलमा भने बंगलादेश र माल्दिभ्स बेलुकी साढे ५ बजे प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश र माल्दिभ्स प्रतियोगितामा ३ अ‌ंक जोड्ने योजनामा मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार सम्पन्न भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।
यो संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् ।  प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved