च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको फराकिलो जित, चेल्सी पराजित

नेपालभ्युज

च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको फराकिलो जित, चेल्सी पराजित

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो चरणका खेल सुरु भएका छन्  । मङ्गलबार राती र बुधबार विहान भएका खेलमा ८ वटा क्लबले खेलेका छन् ।

समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ ।

अरु खेलमा स्कटल्याण्डको सेल्टिकलाई स्पेनको रियल मड्रिडले ३–० गोलले हराएको छ । रियलको जितमा इडेन हजार्ड, लुका मोड्रिक र भिनि जुनियरले गोल गरे ।

यस्तै, युक्रेनको सख्तर डोनेस्कले जर्मनीको आरबी लाइपजिगलाई ४–१ गोलले तथा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीले इट्लीको युभेन्ट्सलाई २–१ गोलले हराएको छ । पीएसजीका लागि दुवै गोल केलिएन एम्बाप्पेले गरे ।

यस्तै, जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्लालाई ४–० गोलले हराएको छ । सिटीका इर्लिङ् हालान्डले दुई तथा फोडेन र डायसले एक/एक गोल गरे ।

इटलीको एसी मिलान र अष्ट्रेलियाको आरबी साल्जबर्गले एक/एक गोलको बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved