साफ महिला फुटबलमा नेपालको विजयी सुरुवात, सावित्राको दुई गोल

भुटान ४-० गोल अन्तरले पराजित

भुटानविरुद्ध नेपालको यो लगातार चौथो जित हो । चारवटै खेलमा नेपालले गोल खाएको छैन । नेपालका लागि सावित्रा भण्डारी  र अनिता बस्नेतले २–२ गोल गरे ।

नेपालभ्युज

साफ महिला फुटबलमा नेपालको विजयी सुरुवात, सावित्राको दुई गोल

काठमाडौँः साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

भुटानविरुद्ध नेपालको यो लगातार चौथो जित हो । चारवटै खेलमा नेपालले गोल खाएको छैन । नेपालका लागि सावित्रा भण्डारी  र अनिता बस्नेतले २–२ गोल गरे ।

१२ औँ मिनेटमा भण्डारीको गोलसँगै नेपालले अग्रता लिएको थियो। यो सावित्राको ३ वर्षपछिको कम्ब्याक गोल हो । डेब्यु खेलाडी फरवार्ड अमिषा कार्कीको पासमा उनले गोल गरेकी थिइन् ।

६८ औँ मिनेटमा सावित्राले दोस्रो गोल गरिन् । यो उनको नेपालको लागि ४० औँ गोल पनि हो । ७३ औँ मिनेटमा अनिताले नेपालका लागि तेस्रो गोल गरिन् ।

यो अनिताको पाँचौँ अन्तर्राष्ट्रिय गोल हो । खेलको ८४ मिनेटमा अनिताले नेपालको लागि चौथौ र व्यक्तिगत दोस्रो गोल गरिन् ।

पानी परेर भिजेको मैदानमा दुवैतिरका खेलाडीले स्वाभाविक खेल देखाउन सकेनन् । राष्ट्रिय फुटबल टोलीका लागि मिडफिल्डर दिपा शाही र फरवार्ड अमिषाले आज डेब्यू गरेका छन् ।

नेपाल पहिलोपटक साफको उपाधि जित्ने योजनामा छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् ।  प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved